Posts

भाग १

Image
भाग १✍ 📖महाभारत र म समय✍ 📖ऋषीमित्र वरुणका अगस्त्य ऋषि र वशिष्ठ ऋषि नामक दुई जुम्ल्याहा छोरा थिए, ती दुई सन्तान मध्ये वशिष्ठका जेठा छोराको नाम शक्ति थियो । शक्तिका एक मात्र छोरा भए जसको नाम पराशर थियो, त्यस समयको भारतवर्ष र हालको नेपालको तनहूँको सदरमुकाम दमौलीको व्यास क्षेत्रमा जन्मिनु भएका ऋषि पराशर ईश्वरकृतज्ञान वेदको पूर्ण विद्वान् हुनुहुन्थ्यो✍ 📖भविष्यको बारेको पूर्ण ज्ञान जान्नुभएको ऋषि पराशर एक दिन धीवर नामको एक मछुवारे कि छोरी अर्थात् मत्स्यगन्धाले चलाई रहेको डुङ्गामा प्रवेश गर्नुभयो, भविष्यको भारतवर्षको इतिहास ती नारीको काँधमा रहेको जान्नु भएको हुनाले ती नारीसँग पूरा भारतवर्षको इतिहास र भारतवर्षको पूरा जिम्मेदारी तिम्रो काँधमा रहेको भनेर पूराज्ञान ऋषि पराशरले उक्त निषादकन्यासँग भन्नुभयो । ती कन्याको नाम सत्यवती थियो, सत्यवती निषाद दासराजकी पुत्री हुन, ऋषि परासरले भारतवर्षको पछि हुने इतिहासको सम्बन्धमा पूराज्ञान दिएर सत्यवतीलाई आफ्नो जिम्मेदारी के हो ? र किन जन्म लिएको हो भन्ने बारेमा पूरा विवरण सहित सुनाउनुभयो, आफूदुईले विवाह नै नगरी सन्तान जन्माउनु पर्ने भनेर पूरा इति