भाग १

भाग १✍

📖महाभारत र म समय✍

📖ऋषीमित्र वरुणका अगस्त्य ऋषि र वशिष्ठ ऋषि नामक दुई जुम्ल्याहा छोरा थिए, ती दुई सन्तान मध्ये वशिष्ठका जेठा छोराको नाम शक्ति थियो । शक्तिका एक मात्र छोरा भए जसको नाम पराशर थियो, त्यस समयको भारतवर्ष र हालको नेपालको तनहूँको सदरमुकाम दमौलीको व्यास क्षेत्रमा जन्मिनु भएका ऋषि पराशर ईश्वरकृतज्ञान वेदको पूर्ण विद्वान् हुनुहुन्थ्यो✍
📖भविष्यको बारेको पूर्ण ज्ञान जान्नुभएको ऋषि पराशर एक दिन धीवर नामको एक मछुवारे कि छोरी अर्थात् मत्स्यगन्धाले चलाई रहेको डुङ्गामा प्रवेश गर्नुभयो, भविष्यको भारतवर्षको इतिहास ती नारीको काँधमा रहेको जान्नु भएको हुनाले ती नारीसँग पूरा भारतवर्षको इतिहास र भारतवर्षको पूरा जिम्मेदारी तिम्रो काँधमा रहेको भनेर पूराज्ञान ऋषि पराशरले उक्त निषादकन्यासँग भन्नुभयो । ती कन्याको नाम सत्यवती थियो, सत्यवती निषाद दासराजकी पुत्री हुन, ऋषि परासरले भारतवर्षको पछि हुने इतिहासको सम्बन्धमा पूराज्ञान दिएर सत्यवतीलाई आफ्नो जिम्मेदारी के हो ? र किन जन्म लिएको हो भन्ने बारेमा पूरा विवरण सहित सुनाउनुभयो, आफूदुईले विवाह नै नगरी सन्तान जन्माउनु पर्ने भनेर पूरा इतिहास सुनाउनु भयो तर आफू अक्षतयोनि भएको हुनाले यो सम्भव नभएको भनि ऋषि पराशरको प्रस्तावलाई सत्यवातीले अस्वीकार गर्नुभयो✍
📖ऋषि पराशरले सत्यवतीलाई सुनाएको पछि हुने भारतवर्षको इतिहासमा विश्वास भएन तैपनि ऋषि झुटो नबोल्ने भएको हुनाले सत्य पनि हुनसक्छ भन्ने बुझेर, भारतवर्षको इतिहासलाई ध्यान दिंदै सत्यवतीले आफूले सन्तान जन्माउने तर पहिले आफ्नो शर्त स्वीकार गर्न ऋषि पराशरसँग विनम्र अनुरोध गर्दै सत्यवतीले ऋषिको सामु तीन वटा शर्त राख्नुभयो, सत्यवतीले यी तीन प्रस्ताव ऋषिको भनाई झुटो हो या सत्य हो बुझ्नको लागि गर्नुभएको थियो यदि ऋषिको भनाई सत्य भए आफूले राखेका तीन सर्त पूराहुने यदि ऋषिको भनाई झुटो भए शर्त पूरा नहुने कुरामा सत्यवती पूर्ण विश्वस्त भएर यो शर्त राख्नुभएको थियो✍
📖१:-डुङ्गामा यो कार्य हुने तर आफू र ऋषि पराशर बीच जो कार्य हुन्छ त्यो कार्य आफू दुई बाहेक अन्य कुनै पनि प्राणी लगायत कसैले पनि देख्न र थाहा हुन नहुने, यो शर्त स्वीकार गर्दै ऋषि पराशरले तुरुन्त उक्त डुङ्गामा एक कृत्रिम धुँवाको आवरण तैयार गर्नुभयो✍
📖२:-सन्तान जन्मेपछि आफ्नो कौमार्यता कुनै पनि हालतमा भंग नहुने, तब ऋषिले सत्यवती आमा बनेपछि उनको शरीरको बनावट र उनको कौमार्यावस्थालाई कुनै फरक नपर्ने विधि तन्त्र, मन्त्र, साधना एवं आयुर्वेद मार्फत शरीर कुमारी तथा अक्षतयोनि नारी नै बन्ने विधिको सम्पूर्ण ज्ञान सत्यवतीलाई प्रदान गर्नुभयो✍
📖३:-म मछुवारेको छोरी हुनाले दैनिक माछा मार्ने मेरो पेशा भएको हुनाले मेरो शरीरबाट माछाको जस्तो गन्ध आउँछ, त्यस गन्धलाई पहिले नै हटाई र सुगन्धित बनाई दिनु भनेर सत्यवतीले तीन शर्त राखिन
पराशर ऋषि आयुर्वेदको ज्ञाता हुनाले र आयुर्वेदको ज्ञानको विधि अनुसार सत्यवतीको शरीरबाट आउने माछाको जस्तो गन्धलाई तत्काल हटाई दिनुभयो ऋषि पराशरले सत्यवतीको सबै शर्त तत्काल पूरा गर्नुभयो । यसरी सत्यवतीको तीन वटा शर्त नै तत्काल पुरा भएपछि सत्यवतीलाई ऋषि पराशरको भनाइमा पूरा विश्वास भयो की उनको काँधमा भारतवर्षको पूरा इतिहास रहेको छ भन्ने✍
📖आफ्नो सम्पूर्ण शर्त पूरा भएपछि सत्यवतीलाई आफ्नो काँधमा भारतवर्षको इतिहास रहेको ज्ञानबोध भयो । आफू एक जिम्मेदार नारी भएको ज्ञानबोध भएपछि डुङ्गामा नै ऋषि पराशर र सत्यवतीको बीचमा शब्द, दृष्टि, स्पर्शको नियोग भयो । नियोगको परिणाम स्वरूप केही समय पश्चात् नदीको किनार मै सत्यवतीले एक पुत्रको जन्मदिनु भयो । सत्यवतीले आफ्नो पुत्रको नाम कृष्णद्वैपायन राख्नुभयो✍
📖वंशाणुगतगुण तथा आफ्नो ध्यानयोग र स्मरण क्षमताद्वारा श्रुति परम्परामा रहेको ईश्वरकृतज्ञान वेदको ज्ञानलाई कृष्णद्वैपायन ले सम्पूर्ण मनुष्यको कल्याणको लागि भनेर ईश्वरद्वारा दिइएको र श्रुतिमा रहेको वेदज्ञान लाई श्रुतिबाट स्मृति बनाउनुभयो । श्रुतिमा रहेको ईश्वरकृतज्ञान वेदलाई ज्ञान, कर्म, भक्ति तथा उपासना र विज्ञान गरेर चार विधामा मनुष्यले सरल रूपमा बुझ्ने तरिकाले स्मृति बनाउनु भएको हुनाले साथै चारै वेदका अनुपम ज्ञानलाई आर-पार हुनेगरी जान्नु भएकैले अर्थात् कुनै पनि विषय-पदार्थलाई आर-पार गरी विभाजन गर्ने रेखालाई व्यास भनिने हुनाले उहाँलाई वेदव्यासका नामले पुकार्न शुरू गरियो । किनभने चारै वेदहरूको अध्ययन वेदव्यासका पिता ऋषिपराशरले पनि आफ्नो जीवनकालमा गर्नुहुन्थ्यो भन्ने कुराको महाभारतमै प्रमाण भएकोले श्रीकृष्णद्वैपायनलाई चारै वैदका कर्ता भन्न मिल्दैन । उनै पराशर र सत्यवतीको छोरालाई अहिले हामीले महर्षि वेदव्यासका नामले पुकार गरेका हुन्छौ✍
📖महाभारतकाल खण्डका तीन पात्र धृतराष्ट्र, पाण्डु र विदुर पनि महर्षि वेदव्यास कै नियोगपुत्र हुन् । धृतराष्ट्र पनि जब निःसंतान भए तब वेदव्यासको आयुर्वेदको ज्ञान अनुसार र महर्षि वेदव्यासको कृपाले धृतराष्ट्रका पनि १०० पुत्र र १ पुत्रीको जन्म भएको हो । यो आयुर्वेदको विधि अनुसार र एक पुरुष र एक नारीबाट १०१ सन्तान जन्मिन सम्भव भएको हो कुनै पुरुष र नारीको सम्पर्क एक पटकको यौन सम्पर्कबाट या एक नारीले एक जन्ममा नै १०१ सन्तान जन्मेको भने हैन✍


Comments